Rule 38
भन्सार एजेन्ट नियुक्त गर्न सक्ने
(१) कुनै निकासीकर्ता वा पैठारीकर्ताले भन्सार कार्यालयमा आफै उपस्थित भई मालवस्तु जाँचपास गर्न वा भन्सार कार्यालयसँग सम्बन्धित अन्य कार्यहरू गर्न सक्नेछ ।
(२) निकासीकर्ता वा पैठारीकर्ता कुनै सरकारी निकाय, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संस्था वा निकाय रहेछ भने त्यस्तो संस्था वा निकायको सञ्चालक समिति वा कार्यकारी प्रमुख वा प्रशासकीय प्रमुखले निर्णय गरी तोकेको सोहि संस्था वा निकायको बहालवाला कर्मचारीेले भन्सार कार्यालयमा उपस्थित भै मालवस्तु जाचपास गर्न वा भन्सार कार्यालयसँग सम्बन्धित अन्य कार्य गर्न सक्नेछ ।
(३) निकासीकर्ता वा पैठारीकर्ता प्रचलित कानून बमोजिम दर्ता भएको कुनै फर्म, कम्पनी, संगठित संस्था वा निकाय रहेछ भने त्यस्तो फर्म, कम्पनी, संगठित संस्था वा निकायको सञ्चालक वा साझेदार वा कार्यकारी प्रमुख वा प्रशासकीय प्रमुख वा कार्यकारी प्रमुखले तोकेको सो फर्म, कम्पनी, संगठित संस्था वा निकायको अधिकृतस्तरको कर्मचारी कर्मचारीले भन्सार कार्यालयमा उपस्थित भई मालवस्तु जाँचपास गर्न वा भन्सार कार्यालयसँग सम्बन्धित अन्य कार्य गर्न सक्नेछ ।
(४) कुनै निकासीकर्ता वा पैठारीकर्ताले भन्सार एजेन्टमार्फत मालवस्तु जाँचपास गराउन वा भन्सार कार्यालयसँग सम्बन्धित कार्य गराउन चाहेमा भन्सार एजेन्टलाई अनुसूची–७ बमोजिमको ढाँचामा नियुिक्तपत्र दिई भन्सार एजेन्ट नियुक्त गर्न सक्नेछ ।
(५) उपनियम (४) बमोजिम भन्सार एजेन्ट नियुक्ति गरेकोमा निकासीकर्ता वा पैठारीकर्ताले त्यस्तो नियुक्तिपत्रका साथमा नवीकरण भएको भन्सार एजेन्टको इजाजतपत्र, एजेन्टको नियुक्तिपत्रमा दस्तखत गर्ने व्यक्ति आधिकारिक निकासीकर्ता वा पैठारीकर्ता भएको कुराको पुष्टि गर्ने प्रमाण, फर्म, कम्पनी, संगठित संस्था वा निकायको हकमा दर्ताको प्रमाणपत्र र स्थायी लेखा नम्बरको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि समेत आफ्नो मालवस्तु निकासी वा पैठारी हुने भन्सार कार्यालयको प्रमुखलाई आफूले नियुक्त गरेको
भन्सार एजेन्टमार्फत उपलब्ध गराउनु पर्नेछ । यस्ता प्रमाणपत्रको आधिकारिकता जाँच गर्न आवश्यक देखिएमा भन्सार कार्यालयको प्रमुखले सक्कल प्रमाणपत्र माग गर्न सक्नेछ ।
तर,
(क) कुनै निकासीकर्ता वा पैठारीकर्ताले सोही भन्सार कार्यालयमा सोही भन्सार एजेन्टलाई पुन नियुक्त गर्नु परेमा यस नियममा
उल्लिखित कागजातमध्ये नवीकरण गर्नु नपर्ने प्रकृतिका कागजात पुन पेश गर्नु पर्ने छैन ।
(ख) निकासीकर्ता वा पैठारीकर्ता प्राकृतिक व्यक्ति भएमा निजले भन्सार एजेन्ट नियुक्तिपत्रका साथमा नवीकरण भएको भन्सार
एजेन्टको इजाजतपत्र, नागरिकताको प्रमाणपत्र र स्थायी लेखा नम्बरको प्रमाणपत्र लिने कर्तव्य भएको व्यक्ति भए सो
प्रमाणपत्रको प्रमाणित प्रतिलिपि मात्र उपलब्ध गराए पुग्नेछ ।
(६) उपनियम (५) बमोजिमको नियुक्तिपत्र र सो साथ संलग्न कागजात सम्बन्धित भन्सार एजेन्टले आफूलाई नियुक्त गर्ने निकासीकर्ता वा पैठारीकर्ताको मालवस्तु निकासी वा पैठारी हुने भन्सार कार्यालयको प्रमुख समक्ष पेश गर्नु पर्नेछ ।
(७) उपनियम (६) बमोजिम पेश हुन आएको भन्सार एजेन्टको नियुक्ति पत्र र सो साथ संलग्न कागजात जाँचबुझ गर्दा निकासीकर्ता वा पैठारीकर्ताले नियुक्ति गरेको भन्सार एजेन्टलाई भन्सार सम्बन्धी काम गर्न दिन हुने देखिएमा भन्सार कार्यालयको
प्रमुखले सो नियुक्तिपत्रमा भन्सार एजेन्टलाई आवश्यक विवरण भर्न लगाई दस्तखत गराई त्यस्तो नियुक्तिपत्र अभिलेख राखी प्रमाणित गरिदिनु पर्नेछ ।
(८) उपनियम (६) बमोजिम पेश हुन आएको भन्सार एजेन्टको नियुक्तिपत्र र सो साथ संलग्न कागजात जाँचबुझ गर्दा निकासीकर्ता वा पैठारीकर्ताले नियुक्त गरेको भन्सार एजेन्टलाई भन्सार सम्बन्धी काम गर्न दिन हुने नदेखिएमा भन्सार कार्यालयको प्रमुखले त्यस्तो नियुक्तिपत्र रद्द गरी सोको लिखित जानकारी सोही भन्सार एजेन्टमार्फत सम्बन्धित निकासीकर्ता वा पैठारीकर्तालाई दिनु पर्नेछ ।
(९) यो नियमावली प्रारम्भ हुनुअघि नियुक्ति भएको भन्सार एजेन्टले यो नियमावली प्रारम्भ भएको मितिले तीस दिनभित्र उपनियम (५), (६) र (७) बमोजिमको प्रक्रिया पूरा गर्नु पर्नेछ । यस्तो प्रक्रिया पूरा नगरेमा निजले भन्सार एजेन्टको रूपमा काम गर्न पाउने छैन ।